Prof Surya Subedi
Prof Surya SubediProf Surya Subedi

Prof Surya Subedi

Mahabidhyawaridekhi Novel Shanti Puraskar Manonayasamma

प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म

Paperback
Rs 800
Hardcover
Rs 800
Currently out of stock.
Contact us for further queries.
Genre:Biography
Language : Nepali
Published: March 16, 2024
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937753708
ISBN10:9937753708

Hardcover

Weight:257 g

पछिल्लो बाहिरी पृष्ठबाट

लमजुङको सामान्य परिवारमा जन्मीहुर्की अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधिजस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने प्रा.डा. सूर्यप्रसाद सुवेदी सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान-सम्मान पाउने नेपाली हुन् । मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीद्वारा मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता उच्च उपाधि प्राप्त सुवेदी प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बेलायत तथा संसारकै शीर्षस्थ र प्रतिष्ठित व्यक्तित्वमध्ये पर्दछन् ।

लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरिसकेका प्रा. सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयले दुइटा वार्षिक पुरस्कार स्थापना गरेको छ । प्रा. सुवेदीका दशवटा ग्रन्थमध्ये अङ्ग्रेजीमा लेखिएको Human Rights in Eastern Civilisations: Some Reflections of a Former UN Special Rapporteur ग्रन्थ बेलायतको Edward Elgar Publishing ले प्रकाशन गरेको छ । अन्तर्राष्ट्रिय अनुहारको रूपमा संसारभर नेपालको परिचय गराएका सुवेदी संयुक्त राष्ट्रसङ्घको सबैभन्दा उपल्लो विज्ञतहमा पुगेका नेपाली हुन् । उनले नेपाल सरकारको प्रतिनिधिमण्डलको सदस्य भएर संयुक्त राष्ट्रसङ्घ र असङ्लग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिनुका साथै 'अवैतनिक अन्तर्राष्ट्रिय दूत' भएर धेरै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

हाल बेलायतलाई कर्मथलो बनाई क्रियाशील पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेखन र सम्पादन गरेको यो पुस्तक प्रा. सुवेदीको जीवनयात्राका उतारचढाव, सङ्घर्ष र उपलब्धिबारे जानकारी दिन सफल छ ।