Naastaune Surya
Naastaune SuryaNaastaune Surya

Naastaune Surya

नअस्ताउने सूर्य

E-book
Rs 200
Genre:Novels
Language : Nepali
Edition:1st

पुस्तकको बारेमा

सपनाको ब्यापकता सवीपरी छ अनि उत्तिकै ब्यापक र विराट छन् यसका प्रकारहरू पनि । मीठो सपना वेस्वादिलो सपना । बारम्बार देखिरहूँजस्ता रूपवान सपना, कहिल्यै नदेखूँजस्ता कुरूप सपना । अपत्यारिलो तर आनन्ददायक सपना, प्यारो र पत्यारिलो तर अप्राप्य सपना । पूरा सपना अधुरा सपना | सम्झेर सम्झन नसकिने बिर्सन चाहेर पनि बिर्सन नसकिने सपना । दिवासपना, रात्री सपना । मित्रजस्तै मायालु सपना, शत्रूजस्तै कठोर सपना, मनमोहक सपना, हृदयविदारक सपना । क्षणिक सपना, दिर्घायु सपना । नयाँ सपना अनि पुराना सपना श्यामश्वेत सपना र रंगीविरंगी सपना । साँचो सपना, झुठो सपना । रहरलाग्दो सपना, दिक्कलाग्दो सपना सपना जसको रसपानले हस्टपुस्ट बनाइदिने शाकाहारी सपना | सपना १ जसको सेवनले अनेकन विकार पैदा गराइदिने मांसाहारी सपना । अर्थपूर्ण-सार्थक सपना, नाशवान-निरर्थक सपना । उमंग, वासना र यौवनमीश्रित शोडषी सपना साथै दिक्दारी, थकान र आलश्यतामिश्रित बुढ्यौली सपना । कहिले विपनाजस्तै सपना । कहिले सपनाजस्तै स्वप्निल सपना । अर्काको सपना र आफ्नै सपना । सपनाको भिडभाडमा सुबोधको पनि एउटा कहालीलाग्दो सपना ।

 

RELATED BOOKS