2028 Jhapa Bidrohako Antarkatha's front cover
2028 Jhapa Bidrohako Antarkatha's front cover2028 Jhapa Bidrohako Antarkatha's back cover

2028 Jhapa Bidrohako Antarkatha

२०२८ झापा विद्रोहको अन्तरकथा
Paperback
Rs 689

पुस्तकको बारेमा

झापा विद्रोह ।
विसं २०२८ देखि २०३२ सम्म झापा जिल्लामा चलेको राजनीतिक आन्दोलनको नाम हो यो, जसले हिंसालाई माध्यम बनाएको थियो । झापा विद्रोह के थियो वा के थिएन ? यसबारे थुप्रै भाष्य छन्, दाबी छन्, कथन र प्रतिकथन छन् । के यो काँचो क्रान्तिकारी रोमाञ्चकता मात्रै थियो ? चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको ठाडोमा ठाडो नक्कल थियो ? आवेगी युवाहरूको फगत लहड थियो ?
यो किताब यी र यस्ता प्रश्नको जबाफ होइन ।
वास्तवमा यो त पात्र र दस्ताबेजसँगै लेखकले गरेको इतिहासको पैदल यात्रा हो । झापा विद्रोहका क्रममा विद्रोहीद्वारा मारिएका आठ जना व्यक्तिका परिवार, राज्यद्वारा मारिएका विद्रोहीका सन्तानदेखि यससँग सम्बन्धित विभिन्न पात्रसँग लेखकले भेटेका छन्, तिनका दुःख-विपद्लाई नजिकबाट छामेका छन्, तिनका बयान अभिलिखित गरेका छन् । विगतको पैदल यात्राका क्रममा लेखक पश्चिम बङ्गालका नक्सलबाडीलगायत गाउँहरूसम्म पुगेका छन् । अनि, ढुसी लागेका दस्ताबेजका ढड्डा पल्टाएर अतीतसँग संवाद गरेका छन्। लेखकको भेटघाट र अन्तर्वार्ताको सूची विद्रोहको नीति बनाउने अगुवादेखि हिंसात्मक कारबाहीमा प्रत्यक्ष संलग्न व्यक्तिहरूसम्म तन्किएको छ ।
निरोज कट्टेलको २०२८ : झापा विद्रोहको अन्तर्कथाले पञ्चायती सत्ताका नीति, भूमिसुधारपछि झापा जिल्लाको भुइँयथार्थ, बसाइँसराइ, वैश्विक कम्युनिस्ट आन्दोलनका तत्कालीन तरङ्ग, किसान र जमिनदारबीचका अन्तर्विरोध, नक्सलवादी-झापाली सम्बन्धलगायत विभिन्न तस्बिरको एउटा ‘मोन्टाज’ सिर्जना गरेको छ ।

RELATED BOOKS