Dr. Nawa Raj Subba

डा. नवराज सुब्बा

इतिहास, संस्कृति र मानवशास्त्रीय अन्वेषणमा रूचि राख्ने सुब्बा पेशाले जनस्वास्थ्यविद् हुन् । गीतकारका रूपमा समेत परिचित उनका दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् । स्वास्थ्य मनोविज्ञानमा पिएच्.डी. उपाधि हासिल गरेका सुब्बा जनस्वास्थ्य र नेपाली साहित्यमा स्नातकोत्तर हुन् । उनले विश्वविद्यालयमा मानवशास्त्र, समाजशास्त्र, संस्कृति र जनसंख्या विषयमा पनि अध्ययन गरेका छन् । जिल्ला जनस्वास्थ्य अधिकृतको रूपमा विभिन्न जिल्लामा तीनदशक बढी सेवा गरी हालै सेवानिवृत्त भएका उनले यस कृतिमा किरात लिम्बूमध्येको एक थर साँबा फयङलाई आधार बनाएर अध्ययन गरेका छन् । साथै किरात-लिम्बू सांस्कृतिक अध्ययनलाई मानवशास्त्रीय तथ्य, सिद्धान्त र दृष्टिकोणद्वारा पर्गेल्न जोड दिएका छन् । सकारात्मकवादमा आधारित प्रस्तुत अध्ययनले सत्तामीमांसा र ज्ञानमीमांसालाई छर्लङ्ग्याइदिएको छ ।

Books by Dr. Nawa Raj Subba